अदालतको आदेशबाट प्रदेशसभामा फर्किएका नेता फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट प्रदेशसभामा फर्किएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका छन् । गण्डकीका मुखयमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन् ।

आज बिहान मन्त्री नियुक्त भएका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् । यसअघि जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि २९ गते मन्त्री बनेका थिए । तर माओवादीले जेठ ३२ गते उनलाई कारबाही गरेपछि पद गुमेको थियो ।

देवकोटा माओवादीको कारबाही विरुद्ध सर्वोच्च पुगेका थिए । सर्वोच्चले देवकोटाको पार्टी नेपाल समाजवादी नै उल्लेख भएकोले माओवादीले कारबाही गर्न नसक्ने भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्ने गरी अन्तरिम आदेश दिएको थियो । देवकोटा यसअघि जेठ २९ गते ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए ।

अहिले पनि सोही मन्त्रालयमा दोहोरिएका हुन । ७ सदस्यीय मन्त्रीमण्डल रहेको गण्डकीमा हालसम्म ४ जना मात्रै मन्त्री छन् । कांग्रेसका ३ र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्रीका रूपमा कार्यरत छन् ।सरकारलाई समर्थन गरेको राप्रपाले अहिले नै सरकारमा जाने छनक देखाएको छैन । केन्द्रीय नेतृत्वले तत्काल सरकारमा सहभागी नहुने निर्देशन पठाएपछि राप्रपा सरकारबाट बाहिर बसेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *