अन्तर्राष्ट्रिय क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास

काठमाडौं । शनिबार आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेपछि भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले पनि अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यसअघि भारतीय टिमका ओपनर विराट कोहलीले पनि अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । “यो मेरो पनि अन्तिम ट्वान्टी–२० खेल थियो । यो संरचनालाई छोड्ने योभन्दा राम्रो समय अरु हुन सक्दैन ।

मैले यही संरचनाबाट भारतीय क्रिकेट टिममा सुरुआत गरेको थियो । यो मेरो चाहना थियो, म उपाधि जित्न चाहन्थे,” खेलपछि रोहितले भने । शनिबार भएको विश्वकप फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारतले १७ वर्षपछि विश्वपको उपाधि जितेको थियो । भारतले यसअघि सन् २००७ मा पहिलोपटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितले भारतबाट १५९ खेल खेलेका छन् । यस दौरान रोहितले चार हजार २३१ रन बनाएका छन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक (पाँचपटक) प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि रोहितकै नाममा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *