एकीकृत समाजवादीको महाधिवेशन आजदेखि

काठमाडौं । नेकपा (एकीकृत समाजवादीको दशौँ महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ । महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा हुने जनाइएको छ । त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई र्‍याली निकालिने कार्यक्रम रहेको कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

नेकपा एमालेबाट विभाजन भएको तीन वर्ष नपुग्दै महाधिवेशन गर्न लागेको हो । महाधिवेशन तयारीका सन्दर्भमा गत बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको छ । त्यस्तै, यो महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ बनाइने निर्णय गरेको हो । महाधिवेशन यही असार २० गतेसम्म चल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *