कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाण्डौं । कुमारी बैंकले संस्थापकतर्फको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको हो । कम्पनीले ३ हजार २११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको शयर रजिष्ट्रार कुमारी क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालय टंगालमा पुग्ने गरी आवेदन दिनु पर्नेछ । सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको शेयरको मूल्य भने तोकिएको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *