चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने भएको छ ।

मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने भन्दै निकुञ्जले सफारीसहितका गतिविधिमा रोक लगाउन लागेको हो । निकुञ्जले हरेक वर्ष बर्खायाममा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएकामा यस वर्ष अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

उनका अनुसार निकुञ्जभित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती र पैदल सफारी गर्ने सकिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *