देवदर्शन सहकारीको आयोजनामा स्वास्थ्य शिविर

काठमाण्डौं । देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा तथा स्वास्थ्य शिविरको आयोेजना गरेको छ । संस्थाले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको शिविरमा २९५ जनाले आँखा जाँच र १४९ जनाले निस्शुल्क सुगर प्रेसर जाच गराएका थिए । त्यसका साथै ३५ जनाले नशा, हाडजोर्नी, छाला तथा यौनरोगसँग सम्बन्धी विशेष परामर्श सेवा लिएको संस्थाले जनाएको छ ।

आँखा शिविरको क्रममा १० जनामा मोतिबिन्दु भेटिएकाले उनीहरुको निःशुल्क सल्यक्रियाको व्यवस्था मिलाइएको छ । संस्थाको सहकार्यमा तिलगंगा आँखा अस्पतालबाट उनीह्रुको शल्यक्रिया हुने भएको छ। तिलगंगा आँखा अस्पताल र मेडपोइन्ट अस्पताल सतुङ्गलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सन्चालन गरिएको संस्थाका अध्यक्ष राम नारायाण घिमिरेले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *