नेशनल लाइफको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा राखेको छ । कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

संस्थापक सेयरधनीले काठमाडौं लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । बिक्री गरिने संस्थापक सेयरको मूल्य नियमानुसार हुने प्रचलिन मूल्य भन्दा कम हुने कम्पनीले जनाएको छ । उल्लेखित मितिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन पेस नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *