बैंकर राजन सिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’

काठमाडौँ । चार दशक मुलुकको बैंकिङ क्षेत्रमा लगानी गरेका सुपरिचत राजन सिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैंलाई नियाल्दा’ शनिबार एक समारोहबिच विमोचन भएको छ । पूर्वमन्त्री एवं सांसद शरत सिंह भण्डारी, सांसद प्रा डा चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं संविधानसभाका सदस्य डा तिलक रावल, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति डा लोकविक्रम थापा र खेम बहादुर रायमाझीले संयुक्तरूपमा पुस्तकको विमोचन गरेका थिए । राष्ट्र बैंकमा २६ वर्ष बिताएका भण्डारीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएर बिदा लिएका थिए । त्यसपछि प्राज्ञिक क्षेत्रमा सक्रिय बन्न खोजिरहेका बेला अनायासै सिटिजन्स बैंकको स्थापनासँग जोडिन्छन् र त्यसका लागि महत्त्वपूर्ण पहलकदमी लिन्छन् । अन्ततः प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्ष गरी १७ वर्ष सिटिजन्स बैंकमा खर्च गर्छन् । यस अवधिमा उनले देखे९भोगेका धेरै रोचक र महत्त्वपूर्ण घटनाक्रम पुस्तकमा समेटेका छन् । तसर्थ, यो कृति नेपालको बैंकिङ क्षेत्रको महत्त्वपूर्ण कालखण्डको साक्षीले लेखेको इतिहास पनि भन्न सकिन्छ ।

मौद्रिक र वित्तीय तथा बैंकिङ क्षेत्रमा कार्यरत क्यास काउन्टरका कर्मचारीदेखि सीईओ, व्यवस्थापनका विद्यार्थी, उद्यमशील युवा वा आम पाठक जो–कोहीले पनि आ आफ्नो ढङ्गले किताबले उजागर गरेका विभिन्न सन्दर्भ वा प्रसंगसँग कहीँ न कतै आफूलाई पाउँछ । प्रकाशक संस्था मिनेट मिडियाका प्रकाश रिमालका शब्दमा, यो किताब आमरूपमा लेखिने आत्मकथा वा जीवनपरक ‘निबन्ध’ भन्दा फरक छ । किनकि, यसमा लेखकले आफूलाई ‘हिरो’ वा नायकका रूपमा मात्र प्रस्तुत गर्दैनन्, बरू कमजोरीको पनि खुलेर चर्चा गर्छन् । सामान्यतः समाजमा पारिवारिक कलह ढाकछोप गर्ने गरिन्छ तर राजनसिंह भण्डारीका हकमा यी कयौँ ‘नियम’ लागू हुँदैनन् । रिमाल अगाडि भन्छन्, ‘देशमा ठूलो रकमको कारोबार गर्ने उद्यमी९व्यवसायीले ऐन९मौकालाई कसरी उपयोग गर्छन्, व्यावसायिक घरानाहरूले कसरी सोच्छन् र एकअर्काप्रति केकस्ता रणनीति अपनाउँछन् भन्ने रोचक घटनाहरूको प्रस्तुति पुस्तकको अर्को पुँजी हो ।

पूर्वमन्त्री शरत सिंह भण्डारीले यस कृतिलाई एक पेसाकर्मीको इमानदार अभिव्यक्तिको संज्ञा दिएका छन् । यस्तै, पूर्वगभर्नर डा तिलक रावलले लेखक भण्डारीको निर्भीक स्वभाव र पेसागत दक्षता दुवै गुण पुस्तकमा अभिव्यक्त भएको बताए । प्रतिनिधि सभा सदस्य प्रा डा चन्दा कार्कीको भनाइमा लेखकले आफूलाई एक कुशल प्रशासक, कुशल व्यवस्थापक, एक कुशल उद्यमी, एक कुशल गायकको रूपमा स्थापित गरेको कुरा कसैले नकार्न सक्दैन । कूल १३ परिच्छेद र ३१२ पृष्ठको यस पुस्तकको मूल्य १ हजार रुपैयाँ राखिएको प्रकाशक रिमालले बताए । पुस्तक बिक्रीबाट प्राप्त निश्चित आम्दानी शिवचन्द्र स्मृति प्रतिष्ठानमार्फत विपन्न परिवारका मेधावी छात्रछात्राको शिक्षामा खर्च गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *