ओली र देउवाबीच संविधान कार्यान्वयनका अप्ठ्यारा फुकाउने ‘समझदारी’

काठमाडौं । सत्तासाझेदार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संविधान कार्यान्वयनमा देखिएका अप्ठ्यारा फुकाउने ‘समझदारी’ भएको छ । नेताद्वयबीचको भेटवार्तामा यस्तो समझदारी भएको देउवानिकट एक नेताले जानकारी दिए । त्यसका निम्ति संविधान संशोधन सुझाव आयोग गठन गर्ने गृहकार्य भइरहेको ती नेताले बताए । संविधान संशोधनलगायत विषयमा ओली र देउवाबीच एक तहको समझदारी भएको ती नेताको भनाइ छ ।

संविधान कार्यान्वयन, संविधानमा देखिएका अप्ठ्याराहरूलाई संशोधनजस्ता विषयहरू पनि समेटिन्छन् । यो विषय निष्कर्षमा पुग्न भने बाँकी छ । विस्तृत छलफलपछि त्यसलाई पूर्णता दिने गरी ओली र देउवा अघि बढेका ती नेताले बताए । ३ बजे (आज दिउँसो ३ बजे) पदाधिकारी (कांग्रेस पदाधिकारी र पूर्वापदाधिकारी)को बैठक छ, त्यहाँ ब्रिफिङ होला, समसामयिक राजनीतिमा ब्रिफिङ आउला । गएको शनिबार देउवा ओलीनिवास बालकोट पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *