कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्न चाहेको नेपालको खुलासा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकका लोकतान्त्रिक तथा कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने अगुवा शक्तिका रूपमा आफ्नो पार्टीले भूमिका निर्वाह गर्न चाहेको बताएका छन् ।

एकीकृत समाजवादी पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आयोजित बन्दसत्रमा अध्यक्षमण्डल घोषणा र पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गर्दै उनले आफ्नो पार्टीप्रति मुलुकले धेरै अपेक्षा गरेको बताए। बर्षायाममा आयोजित यो महाधिवेशन एक चाड र विशेष परिघटनाका रूपमा रहेको जनाउँदै अध्यक्ष नेपालले एकताबद्ध भएर महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *