कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । दिउँसो ३ बजे बस्ने बैठकमा नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको सन्दर्भमा नयाँ नेतृत्व चयनका विषयमा छलफल हुनेछ ।

बैठकमा सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटवार्ता तथा समसामयिक विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *