जसले गर्लफ्रेन्डका लागि पैसाकै कार्पेट बनाए

हालै एउटा यस्तै भिडियो भाइरल बनिरहेको छ । जसमा ती व्यक्तिले एउटा इन्स्टाग्राम भिडियोबाटै आफ्नो धनसम्पत्तिको यसरी बखान गरेका छन् कि त्यो देख्दा जोकोही पनि स्तब्ध बन्दछ। इन्स्टाग्राममा @mr.thank.you२m नामबाट चर्चित रुसी व्यापारी सर्गेइ कोसेन्कोले आफ्नी गर्लफ्रेन्डसँगको एउटा भिडियो शेयर गरेका छन् । त्यसमा उनले गर्लफ्रेन्डको पाइतालामुनि पैसाका नोटको कार्पेट नै बिछाइदिएका छन् । भिडियोको सुरुमै देखिन्छ कि सर्गेइ कोसेन्कोले आफ्नी गर्लफ्रेन्डको हात पक्रिएर एउटा निजी हेलिकप्टरबाट ओर्लिरहेका छन् । हेलिकप्टरबाट झर्ने सिंढीदेखि बाटोमा टाढासम्मै नोटको गड्डीको कार्पेटले बिछ्याइरहेको देखिन्छ। त्यहीँ पैसाको कार्पेटमा ती युवती हिँड्छिन् । सो भिडियोको क्याप्सनमा उनले लेखेका छन् – थाहा छ यो रमाइलो कुरा हो कि मलाई पैसाभन्दा धेरै प्रेम तिमीसँग छ । सर्गेइले भिडियामो सेतो शर्ट र बैजनी रंगको ट्राउजर लगाएका छन् भने उनकी प्रेमिकाले कालो स्कर्ट र ब्लेजर लगाएकी छिन् । यो भिडियो केही पुरानो भए पनि यसको चर्चा अझै सेलाएको छैन र भाइरल बनिरहेको सो भिडियोमा मानिसहरुले अनेक खालका टिकाटिप्पणीहरू गरिरहेका छन् । यद्यपि त्यहाँ देखाइएका नोटहरू सक्कली हुन् कि नक्कली भन्ने बारेमा भने पुष्टि हुन सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *