दोश्रो डाईमण्ड म्युजिक अवार्ड ३४ विधामा प्रदान

काठमाडौं । दोश्रो डाईमण्ड म्युजीक अर्वाड–२०८१’ विभिन्न ३४ विधामा उत्कृष्ट अवार्ड प्रदान गर्दै काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान प्रदान गरियो । अग्रज गायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मानबाट कार्यक्रममा सम्मानित गरियो । सिम्रन दुलाल (कुसुम)को अध्यक्षतामा एन।एस।म्यूजिक प्रा।लिद्धारा आयोजित यो कार्यक्रमको सँयोजक नमराज ढुँगाना थिए । कार्यक्रममा आधुनिक संगीतको विधामा संगीतकारको अवार्ड तुल्सी राम विकान्छाले, संगीतकारकै जुरी अवार्ड दिपक शर्माले, गायकको अवार्ड रमेश राज भट्टराईले, गायनमै जुरी अवार्ड गोविन्द मधुर आचार्यले प्राप्त गरे । यस्तै आधुनिक गायिकाको अवार्ड रचना रिमालले, गायिकाको जुरी अवार्ड प्रतिमा केसीले, नव गायकको अवार्ड आश्रय रञ्जितले, नव गायककै जुरी अवार्ड दिपक बरालले र नवमै पब्लिक च्वाईस अवार्ड सन्तोष राजले हाँसिल गरे । आधुनिक संगीतमै गीतकारको अवार्ड मनोज सिग्देलले र गीतकारतर्फ जुरी अवार्ड माधव राज खरेलले प्राप्त गरे । यस्तै विक्रम बुढाथोकीलाई उत्कृष्ट पुरुष मोडल अवार्ड, हिराकाजी सेन्चुरीलाई मोडलकै जुरी अवार्ड, शिल्पा पोख्रेलले महिला मोडल अवार्ड, सञ्चिता शाहीले महिला मोडलको जुरी अवार्ड प्राप्त गरिन् । यस्तै काँठे लोक तथा दोहोरी तर्फ गीतकारको अवार्ड राज कुमार खनाललाई गीतकारकै जुरी अवार्ड गोविन्द दुलालले, गायककै पब्लिक च्वाई अवार्ड साजन पराजुलीले, लयतर्फको अवार्ड मोहन खड्काले, लयतर्फ नै जुरी अवार्ड आकृती हुमागाईले जुरी र पब्लिक च्वाई अवार्ड सावित्री गौतमले हाँसिल गरे । यस्तै काँठे लोक तथा दोहोरी तर्फ गायकको अवार्ड राम कुमार नेपालीले, जुरीको अवार्ड सुदर्शन अधिकारीले, पब्लिक च्वाईस अवार्ड संगम थापाले, नव गायकको अवार्ड बद्रि सिटौलाले पाए भने नवतर्फ नै जुरी अवार्ड भिमसेन श्रेष्ठले प्राप्त गरे । यस्तै यही विधामा गायिकाको अवार्ड प्रतिमा अर्याललाई, पब्लिक च्वाईस अवार्ड कोपीला तामाङलाई, जुरी अवार्ड पार्वती कार्कीलाई, नव गायिकाको अवार्ड लक्ष्मी दर्नाललाई, नव गायिकामै जुरी अवार्ड ललीता भुँजेललाई र पब्लिक च्वाई अवार्ड मिना रायमाझीलाई प्रदान गरियो । काँठे लोक तथा दोहोरी भिडियो तर्फ पुरुष मोडलको अवार्ड सरोज दाहालले, नृत्यतर्फ पुरुष मोडलको अवार्ड संजीव ठकुरीले, पुरुष मोडलकै जुरी अवार्ड सुमन कालिकोटेले हाँसिल गरे । काठो दोहोरीमै म्युजिक भिडियो नव मोडलको अवार्ड श्रीजन पण्डीतले र जुरी अवार्ड सुरज श्रेष्ठले हाँसिल गरे । यस्तै आयुष्मा कार्कीले महिला मोडलको अवार्ड, अनु पराजुली महिला मोडलको जुरी अवार्ड, अञ्जु गुरुङले नव महिला मोडल अवार्ड प्राप्त गरे भने अमोन रानालाई काँठे लोक दोहोरी निर्देशनको अवार्ड प्रदान गरियो ।

अवार्ड समारोहमा यो वर्षको राष्ट्रिय भावको गीतको अवार्ड गायक कुमार पौडेललाई, राष्ट्रिय भावकै जुरी अवार्ड गायक शोभाकर भट्टराईले हाँसिल गरे । यस्तो भाषाभाषी चाडपर्व गीत तर्फ गायकको अवार्ड भरत भट्टले, गायककै जुरी अवार्ड प्रकाश गौतमले, गायिकाको अवार्ड चीजा तामाङले, राधीका ढकालले गायिकाकै जुरी अवार्ड प्राप्त गरे । समारोहमा लोक दोहोरी विधामा नवगायिकाको अवार्ड लक्ष्मी खड्काले, म्युजिक भिडियो पुरुष मोडल अवार्ड शिशिर पौडेलले, यसमै महिला मोडलको अवार्ड रिना थापाले, महिला मोडलकै जुरी अवार्ड गरिमा शर्माले र लोक दोहोरी गीत भिडियो निर्देशनको अवार्ड काजीस श्रेष्ठले जिते । लोक दोहोरीमै गीतकारको अवार्ड ईन्द्र दाहालले, गीतकारकै प्रोत्साहन अवार्ड नविन बाबु विश्वकर्माले, लोकदोहोरी मै संगीतकारको अवार्ड शान्त शिशिले हाँसिल गरे भने संगीतकारको जुरी अवार्ड उमेश सिंह ठगुन्नाले हाँसिल गरे । लोकदोहोरीमै गायकको अवार्ड अर्जुन सापकोटाले, लोकगीत गायकको अवार्ड जगत बहादुर घर्तीले, दोहोरी गीत गायकको जुरी अवार्ड बाल कुमार श्रेष्ठले, नव गायकको अवार्ड शंकर ढकालले, लोकदोहोरी गायिकाको अवार्ड मिना लामाले र यही विधामा जुरी अवार्ड सुमित्रा तामाङले प्राप्त गरे । कार्यक्रममा जीत सागर रावतले प्रत्यक्ष दोहोरी गायकको अवार्ड, ईप्सल सन्जेलले प्रत्यक्ष लोक दोहोरी गायिकाको अवार्ड हाँसिल गरे । दिपक विष्टलाई म्यूजिक भिडियो सम्पादनको अवार्ड, कुमार रानालाई गीत ध्वनि सम्पादनको अवार्ड, कुमार सानु पुनलाई ध्वानी मिश्रणको जुरी अवार्ड, जिवन बडुलाई संगीत संयोजनको अवार्ड, नारायण ढुंगालले काँठे लोक दोहोरी गीत संगीत संयोजनको अवार्ड र रक कौशलले छायांकारको अवार्ड प्राप्त गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरियो । अग्रज गायक तथा निर्देशक नारायण रायमाझी, क्याप्टेन तथा अभिनेता विजय लामा, अभिनेत्री सरिता लामिछाने, गायक शिव नारायण जोशी, गायिका तीर्थ कुमारी थापा, गायकहरु हरि बहादुर राउत, घमेश दुलाल, गायक चन्द्र शर्मा, गायिका इन्दिरा गोले गुरुङ्ग, हाँस्य कलाकार किरण केसी, पत्रकारहरु बिदुर गिरी, प्रकाश सुवेदी, विश्वमणी सुवेदी, अभिनेताहरु धिरेन शाक्य, विराज भट्ट, पल साह, सागर लम्साल, सञ्चारकर्मीहरु चन्द्रमणी गौतम, कमल सरगम, शरण हुमागाई र विनिता कुँवर क्षेत्री, मोडल आयुष्मा सिम्खडा, राजकुमार ब्लोनललगायत सम्मानित भए ।
अवार्डको निर्णायक प्रमुखमा गायक घमेश दुलाल र निर्णायकमा गायकहरु चन्द्र शर्मा, हेमन्त शिशिर, हिमाल श्रेष्ठ, नविन कुमार पौडेल, इन्द्र जि.सी., संगीतकार नरहरि प्रेमी, चलचित्र निर्देशक देवेन्द्र पाण्डेल र निर्देशक मिलन श्रेष्ठ, नृत्य निर्देशक रविता मगर थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *