‘पुजार सार्की’ हङकङमा प्रदर्शन

काठमाडौँ । अभिनेता आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बु र लेखक विकास सुवेदी अहिले हङकङमा छन् । फिल्म ‘पुजार सार्की’को प्रदर्शनका लागि उनीहरु त्यहाँ पुगेका छन् । फिल्मको आइतबार आयोजित शो राम्रो भएको लेखक सुवेदीले बताए । ‘हङकङमा ‘पुजार सार्की’ले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ’, सुवेदीले भने ‘ यसअघि यहाँ प्रायः सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी फिल्म प्रदर्शन हुँदै आइरहेका रहेछन्, हाम्रो फिल्म भने अत्याधुनिक आइम्याक्स सिनेमा हलमा नै चल्यो । यो एउटा एउटा रेकर्ड भएको सुवेदीको भनाई रहेको छ ।

हङकङको व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले फिल्म हेरेका थिए । कलाकारहरूसँग बसेर फिल्म हेर्न पाउँदा दर्शक दङ्ग देखिन्थे । हङकङको लागि वीरेन थापा ‘बिरे’ले फिल्म प्रदर्शन अधिकार लिएका छन् । नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ गत जेठ १० गतेबाट प्रदर्शनमा आएको थियो । दिनेश राउत निर्देशित फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको मुख्य भूमिका छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *