प्रभु इन्स्योरेन्सले साढे ८३ लाख कित्ता हकप्रद जारी गर्दै

काठमाडौं । प्रभु इन्स्योरेन्सले साढे ८३ लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । बिमा क्षेत्रको नियामक नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउन ८३ करोड ५० लाख १३ हजार ५ सय ४४ रुपैयाँबराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८३ लाख ५० हजार १ सय ३५ दशमलव ४४ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

क्यापिटल र इन्स्योरेन्सबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरे । प्रभुले हाल ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *