प्रमुख दलका नेताहरुबिच भेट हुनासाथ सत्ता समिकरण फेरिदैन- सापकोटा

काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबिच भेट हुनासाथ सत्ता समिकरण नफेरिने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का शिर्ष नेताहरुको भेट हुनासाथ सत्ता समिकरण उलटफेर नहुने बताए । उनले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुका बीचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताए । उनले नेताहरु भेट हुनासाथ सत्ता समिकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताए ।

उनले भने– ‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बीचमा संवाद हुँदा बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरु हामीले पढ्न पाउछौँ ।

मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुईजना नेताहरु बस्न बित्तिकै पुरै सत्ताको समिकरण उलटफेर हुने । सत्ताको समिकरण नै बदलिने त्यस्तो परिस्थितिका रुपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ । यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन । तरपनि राजनीतिक दलका नेताहरुका बीचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो ’उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *