शुभप्रवा सेभिङ्ग पन्ध्रौं बर्षमा

काठमाण्डौं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिटको अपरेटिभ लिमिटेड स्थापनाको १५ औं बर्षमा प्रवेश गरेको छ । काठमाडौं जिल्लालाई कायक्षेत्र बनाएर सदस्यहरुलाई दिगो एंव गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको शुभप्रवा स्थापनाको १५ औं बर्षमा प्रवेश गरेको हो । सदस्यहरुको दृढ विश्वास,सहयोग र उत्साहजन सहभागिताले संस्थाको ख्याती तथा वित्तीय सुंचाकहरुमा समेत मजवुद बनाउदै लैजान सकेको संस्थाले जनाएको छ । संविधानले अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा सहकारी क्षेत्रलाई लिएको र विद्यमान विषम परिस्थितिमा पनि संस्थामा आवद्ध शेयर सदस्यहरुको साथ, सहयोग र संस्थाप्रति गरेको विश्वासका कारण शेयर पुँजी, बचत तथा ऋण लगानीमा वृद्धि भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिन्द्र कुमार खड्काले बताए । संस्थाले सदस्यहरुलाई सहज र सरल रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यका साथ आधुनिक डिजिटल प्रविधि प्रयोगलाई आत्मसाथ गरेको उनको भनाई छ । संस्थाले एटिएम, मोबाइल बैकिङ्ग, क्युआर कोड तथा डिजिटल भुक्तानी सेवाहरु मार्फत सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको सिइओ खड्का बताउछन् ।

संस्था सफलताको हकदार सदस्यहरु भएकाले आमामी दिनमा पनि निरन्तर सदस्यहरुको साथ, सहयोग र सुझावको अपेक्षा संस्थाले गरेको छ । सेवालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउदै सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरण गर्न संस्था क्रियाशिल रहने प्रतिवद्धता सिइओ खड्काको रहेको छ । संस्थाले यस अवधिमा शेयर पुँजी, संस्थागत पुँजी र अन्य कोषहरुलाई मजबुत बनाउदै लगेको छ । संस्थाको यस आर्थिक बर्षको जेठ मसान्तसम्म शेयर पुँजी ८ करोड ९४ लाख ८३ हजार,जगेडा कोष ४ करोड ४३ लाख ८५ हजार र कुल संस्थागत पुँजी ४ करोड ५९ लाख ३४ हजार पुगेको छ । संस्थाको विभिन्न कोषहरुमा ७ करोड ५३ लाख ८२ हजार, बचत संकलन ५३ करोड ९९ लाख ३० हजार र ऋण लगानी ४३ करोड ५१ लाख ७२ हजार रहेको छ । संस्थाको तरलता २९.८३ प्रतिशत १६ करोड १० लाख ७४ हजार, सदस्य १ हजार ४६० जना र कुल सम्पत्ति ७९ करोड ६६ लाख ९८ हजार पुगेको छ । सहकारी क्षेत्रमा आएको वित्तीय संकट र बजारमा सदस्यहरुले गरेको अविश्वासको वावजुत पनि संस्थाले सदस्यहरुको मन जित्न सफत भएको छ । सदस्यहरुले गरेको विश्वास र संस्थाले कायम गरेको वित्तीय पारदर्शिताका कारण पछिल्लो समय संस्थाको तरलतामा वृद्धि भएर गएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *