श्री गुप्तेश्वर मा.वि. याङरवरक-३, ओयाम, पाँचथरका प्रधानाध्यापक मनोज राईको प्रायश्चित सहितको भविष्यको संकल्प योजना राईकै शब्दमा पढौं

पांचथर । पांचथर जिल्ला स्थित श्री गुप्तेश्वर मा.वि. याङरवरक गाउँपालिका वडा नं -३ मा अवस्थित हाम्रो बिध्यालयले शैक्षिकसत्र २०८० को एईइको (SEE) नतिजा अत्यन्तै अनपेक्षित, अप्रत्याशित र न्यून परिणाममा प्राप्त भएकोमा हामी स्वयं लज्जित छौं । प्राप्त नतिजाप्रति हामो विद्यालय परिवार धेरै दुखित पनि छ । हामीले गरेको निकै लामो मिहिनेत र धेरै प्रयत्नहरु पनि अपर्याप्त भएको महसुस गरेका छाैं । यद्यपि हाम्रा होनहार प्यारा २ विद्यार्थीहरु साजन सेलिङ (GPA: 3.23) र दिप्सन नेम्वाङ (GPA: 3.10) द्वयलाई धेरै- धेरै बधाई तथा भावी दिनमा उज्वल, उच्च शैक्षिक सफलताको शुभकामना छ ।
पछिल्लो अवधिमा विद्यालयले हासिल गर्दै गरेको उचाइ, तपाईंहरु सबैमा जाग्दै गरेको आशा र भरोसा कायम गर्न नसक्नु अनि सम्पूर्ण ओयामबासीहरुको आत्मसम्मानमा ठेस पुगेको प्रति क्षमायाचना गर्दछु । सभ्य र सक्षम समाज निर्माणको लागि एउटा राम्रो, गुणस्तरीय, स्मार्ट शिक्षाको धरोहर निर्माण गरि समाजलाई सुम्पने संकल्प, प्रयत्न र अभियान क्षणिकरूपमा खण्डित भएको महसुस भएपनि यो निरंतरता कदापि हुदैहोइन । हुन त धेरै सवाल र प्रश्नहरुको जवाफ सिर्फ प्राप्त नतिजाले नै दिइरहेको छ । तर, यो अहिले आएको नतिजालाई मात्र हेरेर मुल्यांकन नगरिदिनु हुन सम्पुर्ण अभिभावक महानुभावसंग बिन्ती गर्दछु । हामीले कति मिहिनेत गरियो कि गरिएन ? गल्ती र कमजोरी को- कस्को हो भनेर अरुलाई दोस् दिएर हिलो छ्याप्ने कार्य हामीबाट हुने कदापि हुनेछैन । बरु यसपटक हामीबाट भएको गल्ती-कमजोरी नदोहोर्‍याउन संकल्प गर्दछु ।
नतिजा एउटा प्राविधिक कुरा हो तर विद्यार्थी भाईबहिनीहरूको पढाइ, सिकाईलाई बाहिरी सामाजिक वातावरण र परिबेशले निकै गहिरो सम्बन्ध राख्छ, उसको मनोबिज्ञानलाई गम्भीर प्रभाव र असर पारिरहेको हुन्छ । विद्यालय त समाजको निकै सानो तर निकै महत्त्वपूर्ण अंग हो । त्यसैले निकै संबेदनसिल अहिलेको नतिजाले छौ । विद्यालयको बारेमा मुद्दाहरु उठाउदा चौतर्फी रुपमा संवेदनशील भैइदिन हुन सबै अभिभावकमा अनुरोध गर्दै ठूलो संख्यामा मौका परीक्षाको सुवर्ण अवसर पाएका विद्यार्थी भाइ/बहिनीहरुलाई तत्काल पढाइमा जोड्ने, राम्रो तयारी गराउन साहस, हौसला दिन, प्रोत्साहन गर्न, आर्थिक समस्या रहेका परिवारलाई सहयोग गर्न अहिले तत्काल आएको नतिजाबाट बिचलित नभैइ विद्यार्थी भाइ/बहिनीहरुलाई अब आउने मौका परीक्षाको तयारीमा केन्द्रीत हुन सबै अभिभावकले सहयोग गरिदिन हुन र ओयामे समाजसेवी, बुद्धिजीवी महानभावहरुमा हार्दिक अनुरोध गर्दछु । साथै यही मिति २०८१ साल अषाढ १९ गते विद्यालयले आयोजना गरेको विद्यार्थी, अभिभावक सहितको समीक्षा तथा मौका परीक्षा तयारी कक्षा संचालन सम्बन्धि छलफलमा सहभागी भैदिन हुन समेत अनुरोध छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *