सिप्रदी र यात्रीबीच सम्झौता

काठमाडौं । सिप्रदी र यात्रीबीच ‘मेड इन नेपाल’ दुई पांग्रे विद्युतीय सवारीसाधन उत्पादन गर्न रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ । देशको बाटो र माटो सुहाउँदो तथा नेपाली ग्राहकको बदलिँदो इच्छा एवम् आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी र यात्रीले गुणस्तरीय दुई पांग्रे सवारी उत्पादन गर्न यो सम्झौता भएको हो । नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल पी–० र पी–१ बनाएर चर्चा कमाएको यात्री, नेपाली युवा माझ चर्चित ब्रान्ड हो ।

यात्री डिजाइन स्टुडियोले उत्पादन गरेको यात्री मोटरसाइकल नेपाली विद्युतीय दुई पांग्रे उत्पादन उद्योगमा कोशेढुंगा साबित हुने दुवै पक्षको विश्वास छ । भविष्यमुखी सोच एवम् आधुनिक प्रविधिलाई आत्मासात गर्दै देशमा वातावरण मैत्री यातायात प्रणाली विकास एवम् विस्तार गरी नेपाली युवा व्यवसायीलाई प्रोत्साहन गर्न यो सम्झौता प्रभावकारी हुने विश्वास दुवै पक्षले लिएको छ । अटोमोटिभ तथा एलाइड व्यवसायमा सन् १९८२ वर्षदेखि सिप्रदी आवद्ध छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *