स्मिता दाहालको स्वरमा ज्यानमाया सार्वजनिक

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहाल गायनमा सक्रिय छिन्। मायालु तिमी कता छौं, मालिंगो, आँखामा गाजल, लुकाउने ठाँवै छैन जस्ता हिट गीत दिएकी गायिका दाहालले शुक्रबार नयाँ गीत ज्यानमाया सार्वजनिक गरेकी छन्। नवराज ढुंगानाको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ। गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका छन्। भिडिओमा प्रियंका कार्की र कविता नेपाली हिरोइनको भूमिकामा छन्।

गायक तथा कलाकार सरोज वली भने सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन्। प्रियंका–सरोजले यसअघि ए केटा मादलु पड्का मा सँगै अभिनय गरेका थिए। प्रियंकासँगको सहकार्य दर्शकले रुचाएपछि नयाँ शैलीमा भिडिओ निर्माण गरेको कलाकार वलीले बताए। यो गीतको भिडिओलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका हुन्। गम्भिर विष्टले भिडिओलाई निर्देशन गरेका हुन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *