६० किलो सुन प्रकरण- ४६ प्रतिवादी, दुई खर्ब ६६ अर्ब ७६ करोड बिगो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन रायसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ ।

जसमध्ये २० जना पक्राउ परेका छन् भने २६ जना फरार छन् । पक्राउ पर्नेमा चिनियाँ र भारतीय व्यक्ति संलग्न रहेको सीआईबी स्रोतले जानकारी दिएको छ । उनीहरूविरुद्ध दुई खर्ब ६६ अर्ब ७६ करोड बिगो दाबी गरिएको छ । सीआइबीका अनुसार तस्करीको गिरोहले ९५ अर्ब रुपैयाँ भुक्तानी गरेको भौचर नै फेला परेको र अन्य रकम पनि अवैध माध्यमबाट कारोबार भएको जनाएको छ । उनीहरूले रकम ‘पे–वेल’ र ‘सजिलो–पे’ को ‘गेट–वे’मार्फत भुक्तानी गरेर सो कारोबार गरेका हुन् ।

सीआइबीका अनुसार पे–वेलबाट ८७ अर्ब १७ करोड र ‘सजिलो–पे’बाट ३६ अर्ब ९४ करोड रुपैयाँ गरी एक खर्ब २४ अर्ब ११ करोड रुपैयाँ भुक्तानी भएको छ । जसमध्ये ९० प्रतिशत सुन तस्करीमा लागि भएको र दुई ‘गेट–वे’ मार्फत तस्करीको सुनका लागि मात्रै एक खर्ब ११ अर्ब ६९ करोड सीआइबीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *