कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउँछ ः निधि

काठमाडौं । प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउने गरी काम गर्ने बताएका छन् । निधिले एमाले र कांग्रेसबीच आलोपालो नेतृत्व गरेर अघि बढ्ने र जनतामा छाएको निराशा हटाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताए ।

उनले संघीयता, समावेशिता र लोकतन्त्रका मूल्य मान्यतालाई थप सुदृढ गरेर संविधान संशोधन गरिने पनि बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो र परिष्कृत गर्न संविधान संशोधन गर्न लागिएको उनको भनाइ छ । त्यस्तै, उनले केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदैमा प्रदेशमा सत्ता फेरबदल हुनु संघीयताको मूल मर्मविपरीत भएको जिकिर गरे । निधिले विभिन्न प्रकरण, आरोप र विवादहरूलाई संविधान र कानुनअनुसार अघि बढाउने र यसका लागि सत्ताभित्र वा बाहिर हुनुले कुनै फरक नपर्ने दाबी गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *