कांग्रेस–एमाले गठबन्धनको प्रस्ताव राप्रपाको स्वागत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ । बैठकपश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपा संविधानको पक्षमा रहेको बताए । उनले सरकारमा सहभागिताको विषय भने परिस्थितिअनुसार निर्णय हुने जानकारी दिए ।

राप्रपा संविधान संशोधनको पक्षमा छ । परिस्थिति मूल्यांकन गरेर अन्य विषयमा निर्णय हुन्छ । त्यस्तै, पार्टी महामन्त्री कुन्ती शाहीले संविधान संशोधन गर्ने कांग्रेस–एमाले गठबन्धनको प्रस्ताव पार्टीले स्वागत गरेको जानकारी दिइन् । उनले सरकार गठनको प्रक्रिया प्रारम्भ नभइसकेकाले त्यसबारे छलफल नभएको बताइन् । “प्रक्रिया सुरु भएपछि सरकारबारे उचित समयमा उचित निर्णय गर्नेछौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *