कामना सेवाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले १०० रुपैयाँका दरले ३५ लाख इकाई अर्थात ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

बैठकले यस्तो सेयरमा मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने तथा कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूका लागि मात्र बिक्री गरिने निर्णय गरेको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *