प्रधानमन्त्रीज्यू, राजीनामा दिएर सहयोग गर्नूस् ः एमाले

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ । यस्तो निर्णय गरेको नेता प्रदिप ज्ञवालीले जानकारी दिए । कांग्रेस र एमालेको बीचमा मात्रै भएको समझदारी छ ।

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय गरेको छ, उनले भने, सहमतिको सरकारमा सहभागी हुन राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *