सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको मानभवनमा रहेको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुल्चोकका ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष मंगलबजारकी ६० वर्षीया मलिका महर्जन र सचिव भक्तपुरको सूर्यविनायकका ३७ वर्षीय अर्पण कवा रहेका छन् ।

उनीहरूविरुद्ध बचतकर्ताहरूको निक्षेप अपचलन गरेर सात करोड १३ लाख ४६ हजार रुपैयाँ ठगी गरेको आरोप गरेको उजुरी परेको थियो । थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *