हामीलाई थाहै नदिई प्रधानमन्त्रीले वैकल्पिक सरकारको बहस चलाउनुभयो ः एमाले

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले वैकल्पिक सरकारको बहस चलाएको आरोप लगाएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूको प्रश्नमा नेता प्रदीप ज्ञवालीले सत्ता साझेदार दललाई कुनै जानकारी नदिएर प्रचण्डले वैकल्पिक सरकारको बहस चलाएको बताए । बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस चलाउनुभयो, सत्तारूढसँग छलफल नगरी ।

प्रमुख पिपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनुपर्‍यो, ज्ञवालीले भने । उनले गत फागुन २१ गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले ब्ल्याङ्क चेकमा सही गरेजस्तो गरी सहयोग गरेको पनि बताए । उहाँले अहिलेसम्म एमालेजस्तो रचनात्मक सहयोगी पाउनुभएको थिएन होला । नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास गर्‍यौँ, ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *