एउटा मात्रै संघ वा संस्थामा सञ्चालक बस्न पाइने

काठमाण्डौं । सहकारी विभागले कुनै व्यक्ति सहकारी एक भन्दा बढी संघ वा संस्थामा सञ्चालक रहेको भए सूचना जारी भएको मितिले ३० दिनभित्र त्याग्न निर्देशन दिएको छ । सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा ५ मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने व्यवस्था रहेकोले सो को पूर्ण परिपालना गर्नुगराउनु भन्दै रजिष्ट्रार पिताम्बर घिमिरेले निर्देशन जारी गरेका हुन् ।

दि कुनै व्यक्ति दुई वा सो भन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्नेछ । अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाईने जनाइएको छ । सहकारी संस्था भन्नाले संस्था वा संघ सम्झनुपर्दछ र सो शब्दले सहकारी बैंक समेतलाई जनाउँने निर्देशनमा स्पष्ट पारिएको छ । सञ्चालक भन्नाले सहकारी ऐनको दफा ४१ को उपदफा १ बमोजिमको सञ्चालक समितिको सदस्य सम्झनुपर्ने र सो शब्दले समितिको पदाधिकारीलाई समेत जनाउँने उल्लेख छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *