एमालेका मन्त्रीहरूले दिए राजीनामा

काठमाडौं । नेकपा (एमाले)का मन्त्रीहरूले बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष पदबाट राजीनामा बुझाएका छन् । यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो ।

तर, पार्टीले दिएको समयभित्र प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो । प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको सामना गर्ने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *