चलचित्र तै चुप मै चुप को निर्माण घोषणा

काठमाण्डौं । पोलिटिकल कमेडी चलचित्र तै चुप मै चुप को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो । सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने चलचित्र तै चुप मै चुप लाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् । चलचित्रमा स्कृप्ट मनिष गौतमको रहेको छ । चलचित्रको काठमन्डौ र पोखरामा छायाङ्कन हुने निर्माण पक्षले जनाएको छ ।

हाल चलचित्रका लागी कलाकार र गीत सङ्गीत छनोटको काम भइरहेको छ । पोलिटिकल सस्पेन्स कथा रहेको उक्त चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी ढङ्गले प्रस्तुत गरिने निर्देशक घनश्याम लामिछानेले बताए । यस अघि पनि यही टिमले चलचित्र चित्रा निर्माण र प्रदर्शन गरिसकेको छ । उक्त चलचित्रमा कलाकार सन्तोष अधिकारी लगायतको कामले निकै तारिफ पाएको थियो । चलचित्रमा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने चलचित्रको सम्पूर्ण मार्केटिङ्ग र ब्रान्डिङ्ग आईडिया पिक्सेलका तर्फबाट पवन राज जोशीले गर्नेछन् । चलचित्र तै चुप मै चुप आगामी वर्ष भित्र प्रदर्शन गर्ने तयारी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *