नेपाली बजारमा सुन-चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ ।  यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *