प्रचण्ड सरकार अल्पमतमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार सत्ताको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । सोमबार मध्यरातमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए । संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर दुई दल गठबन्धन गर्ने निर्णयमा पुगेका हुन् ।

त्यसपछि दुवै दलले प्रचण्डलाई सरकारबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले विश्वासको सामना गर्ने बताएका थिए । यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो । तर, पार्टीले दिएको समयभित्र प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो । प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकै बीच जेठ ७ गते चौथोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनको पक्षमा १५७ मत परेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *