प्रहरी निरीक्षक शिवाकोटी पुर्पक्षका लागि जेल चलान

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आफ्नै घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका शिवाकोटीलाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो ।
बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । शिवाकोटी २४ जेठमा पक्राउ परेका थिए । उनी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *