रास्वपाको बैठकमा महामन्त्री मुकुलको मुखमा टेप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न नदिएको बताएका छन् ।

बैठकमा महामन्त्री डा. मुकुल ढकालले फरक ढंगले प्रस्तुत हुदैँ उक्त कुरा बताएका हुन् । जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो समिक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न सभापति लामिछानेले नदिएको भन्दै आरोप समेत लगाएका छन । बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै उनले मुखमा कालो टेप टाँसेर विरोध प्रर्दशन समेत गरेका छन् । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि माओवादी केन्द्रसँगै साझेदार रास्वपा प्रतिपक्षमा आउने निश्चित भएको छ । रास्वपाले कांग्रेस-एमाले गठबन्धनमा यस अघि नै नजाने निर्णय गरिसकेको पनि छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *