सरकारलाई दिएको समर्थन आजै फिर्ता लिदैँ एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

हिजो (मंगलबार) साँझ बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदबाट राजीनामा दिन आग्रह गरेको थियो । तर प्रधानमन्त्री ‘प्रचण्ड’ले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो । ‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन’ एमाले प्रमुख सचेतक महेश बर्तौला ले भने, ‘तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौँ । हाम्रा मन्त्रीहरू फर्कनु हुन्छ ।

गत सोमबार नेपाली काँग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । सहमति अनुसार, पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *