एमालेद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण- दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु/नगराउनु

काठमाडौं । नेकपा एमालेले अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको र अल्पमतमा परेको सरकारबाट दिर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न /नगराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको हो। एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न समेत प्रधानमन्त्री ‘प्रचण्ड’ लाई आग्रह गरेको छ।

‘ससंसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गर्दछ,’विज्ञप्तिमा भनिएको छ,’ ।

एमाले र कांग्रेसले राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्न आग्रह गरेपनि प्रधानमन्त्री प्रचण्ड भने राजीनामा नदिने,संसदको ‘फेस’ गर्ने तयारीमा छन्। प्रधानमन्त्रीले आफूले संसद फेस गर्ने र सहयोग गर्न आग्रह गरेपछि राजीनामा बुझाउन बिहीबार बालुवाटार गएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा नबुझाइ फर्किएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *