नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता

काठमाडौं । नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको छ । बैंक र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका थिए ।

सो सम्झौता बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुलाइ बैंकले विशेष छुट सहितको बैंकिङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी र प्राविधिक शिक्षक र कर्मचारीहरूले बैंकिङ सुविधा पाउन सक्नेछन् । साथै, नेपाल बैंकको सबै शाखाबाट छुट सहित आकर्षक बैंकिङ सेवा सुविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नुका साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *