राष्ट्रिय जीवन बीमा कम्पनीको बोनस दर घोषणा

काठमाण्डौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०६७।०६८ देखि आव २०६९।७० सम्मको बोनसदर घोषणा गरेको छ । जसअनुसार बीमितले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपैयाँ बोनसदर पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले कम्पनीको सो अवधिसम्मको कायम रहेको १ लाख ६२ हजार ७ सय २१ वटा बीमालेख संख्याको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय मुल्यांकन प्रतिवेदनको आधारमा नियामक निकाय गत माघ १७ गते स्वीकृति प्रदान गरेको थियो ।

कम्पनीले बीमा प्राधिकरणको स्वीकृति बमोजिम सञ्चालनमा ल्याएको सबै बीमालेखहरूमा आव २०८१।८२ को लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ बोनसदर कायम गरेको हो । साथै बोनसदर बीमांकीय मूल्यांकनको आधारमा परिवर्तनशील रहने पनि कम्पनीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *