एमालेले संसदमा गरायो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसदमा गराएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पत्रमार्फत उक्त जानकारी दिएका हुन् । राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गर्दै पत्रमा वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइएको उल्लेख गरिएको छ ।

यसअघि एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *