जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता अशोक राईले प्रधानमन्त्री प्रचण्डलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । मन्त्रीले राजीनामा दिएपछि समर्थन फिर्ता लिएका हुन् ।

जसपाले आजै सभामुख देवराज घिमिरेलाई सरकारको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएपछि जसपाले समर्थन फिर्ता लिएको हो । प्रधानमन्त्रीले असार २८ गते संसद्बाट विश्वासको मत लिँदै छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *