टाटाको मनसुन एक्सचेन्ज अफर,पुराना गाडी टाटाको टियागो ईभीसँग साट्न सकिने

काठमाडौं । टाटा मोटर्सले टियागो ईभी मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । नेपालका निम्ति टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही असार २१ देखि २३ गतेसम्मका लागि मेला आयोजना गरेको हो । मनसुन एक्सचेन्ज मेलामा जुनसुकै ब्रान्डका पुराना गाडी टाटाको टियागो ईभीसँग साट्न सकिनेछ । कम्पनीले टाटा मोटर्सका थापाथलीलगायत देशैभरका शो रुममा एक्सचेन्ज कार्यक्रम आयोजना गरेको हो ।

मेलामा सहभागी भएर ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क दुई आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र तीन वर्षको निःशुल्क सर्भिसिङ सुविधा पाउने कम्पनीले जनाएको छ । यस्तै, टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्ट पनि पाउन सक्नेछन् । एक्सचेन्ज मेला बिहान ९ देखि राति ९ बजेसम्म टाटा मोटर्सका शो रुममा सञ्चालनमा रहनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *