बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत

काठमाडौँ । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टीले ठूलो जित हासिल गर्दै सत्तामा फर्किएको छ ।

लेबर पार्टी बेलायतमा १४ वर्षपछि ऐतिहासिक जितका साथ सत्तामा फर्किएको हो । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ । जसमा लेबर पार्टीले अहिलेसम्म ३८० सिटमा जित हासिल गरिसकेको छ । त्यस्तै ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले ९२ सिट मात्र जित्न सकेको छ । लेबर पार्टीको यो चुनावी जितलाई सन् १९९७ मा टोनी ब्लेयर नेतृत्वको लेबर पार्टीको जितसँग तुलना गरिएको छ । सो निर्वाचनमा ब्लेयरको नेतृत्वमा लेबर पार्टीले ४१९ सिट जितेको थियो ।

लेबर पार्टीको सरकार बन्ने निश्चित भएसँगै यसका नेता केयर स्टारमर अब नयाँ प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ । सन् २०१९ मा कन्जरभेटिभ पार्टीले ३६४ सिट जित्दा लेबर पार्टीले २०३ सिट मात्र जितेको थियो । यसपटक स्थिति उल्टिएको छ  र लेबर पार्टीले भारी बहुमत हासिल गरेको छ । ६१ वर्षीय कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनी सन् २०२० मा लेबर पार्टीको नेता चुनिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *