सशस्त्र प्रहरीमा भर्ना खुल्यो

काठमाण्डौं । सशस्त्र प्रहरी बलले दुई अलग अलग क्षेत्रका लागि ठूलो संख्यामा सुरक्षाकर्मी भर्ना गर्ने भएको छ । सशस्त्र प्रहरी बलले शुक्रबार सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी निरीक्षकतर्फ कानून उपसमूह, लेखा उपसमूह, मेकानिकल र अटोमोवाइल, कम्युटर इन्जिनियर,इलेक्ट्रोनिक्स तथा टेलिकम्युनिकेसन इन्जिनियर तथा सिभिल इन्जिनियर पदका लागि भर्ना खुलाएको हो । सूचना अनुसार ती पदमा ५८ जनाका लागि भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी पदका लागि असार २१ गतेदेखि साउन २० गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ । दोब्बर दस्तुर तिरेर भने साउन २० गतेदेखि २७ गतेसम्म फारम बुझाउन सकिने छ । सूचना अनुसार विज्ञापन प्रकाशित भएको मितिले २१ वर्ष पूरा गरी २५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरहको उपाधि प्राप्त गरेको, पुरुषको हकमा उचाई कम्तिमा ५ फिट २ इन्च र तौला ५० केजी तथा महिलाको हकमा उचाई कम्तिमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *