सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता

काठमाडौं । हालसम्म सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’बैंकमा उपस्थित प्रहरी अधिकारीले यस्तो जानकारी दिएका हुन् । जसमा ५५ हजार ४ सय १० पीडितले ११ अर्ब ६६ करोड ४७ लाख माग दाबी गर्दै उजुरी दर्ता गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध अनुसन्धान विभागले सहकारीसम्बन्धी उजुरीको अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा ११ सय प्रतिवादी मध्ये २ सय ९४ जना पक्राउ परेको र ८ सय ५६ जना फरार रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा डमी ऋणी समेत खडा गरेको भेटिएको छ । समितिले छलफलका लागि गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँर, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख श्यामलाल ज्ञवाली, अपराध अनुसन्धान कार्यालयका प्रमुख टेकबहादुर तामाङ लगायतसँग छलफल गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *