सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटी पार्लरमा छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले हेयर एन्ड शान्ति ब्युटी पार्लरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटी पार्लर बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार देशभर रहेका १३ हेयर एन्ड शान्ति ब्युटी पार्लरका शाखाहरूबाट सेवा लिए बापतको भुक्तानी बैंक कार्ड वा मोबाइल बैंकिङ मार्फत गर्दा १० प्रतिशतसम्म छुट पाउने छन् । यस सम्झौताबाट नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *