हिमालयन लाइफको व्यतीत बीमालेख नवीकरणमा सुविधा
काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको व्यतीत बीमालेख नवीकरण गराउँदा लाग्ने बिलम्व शुल्कमा छुट पाइने भएको छ। साविकको प्राइम, गुराँस र युनियन लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरुमा बीमाशुल्कको ब्याज र जरिवानामा छुट सुविधा दिएको कम्पनीले जनाएको छ। कम्पनीले आर्थिक वर्ष २०८० जेठ मसान्तसमम्मा व्यतीत भएका बीमालेख नवीकरण गर्दा छुटको व्यवस्था गरेको हो। कम्पनीले एक वर्षदेखि माथि ३ वर्षसम्मको बीमालेख नवीकरण गराउँदा लाग्ने ब्याज वा जरिवानामा शतप्रतिशत छुट दिएको छ। यसैगरी ३ वर्षदेखि ७ वर्षसम्म ५० प्रतिशत छुट र ७ वर्ष माथिदेखि जतिसुकै अवधिको बीमालेखमा २५ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ। यस किसिमको व्यतीत बीमालेख नवीकरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटकमात्र प्रदान गरिने कम्पनीले जनाएको छ।