सर्लाही दुर्घटना : चार जनाको मृत्यु, तीन दर्जन यात्रु घाइते

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ भने ३ दर्जन यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो । घाइतेको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाको थप विवरण भने आउन बाँकी छ ।

बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आश‌ंका छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनायो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *