नवकान्तिपुरको चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार संस्थाको कुल सम्पत्ती २ अर्ब ९७ करोड ९ लाख २ हजार ६४६ रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको संस्थागत पुँजी २० करोड १ लाख ८५ हजार २२५ रुपैयाँ (७.१७ प्रतिशत) पुगेको छ । सहकारी संस्था बलियोपनको आधार संस्थागत पुँजीले हुने हो । ७.१७ प्रतिशत संस्थागत पुँजी हुनु भनेको निकै राम्रो मानिन्छ ।

विवरण अनुसार संस्थाको सेयर पुँजी ९ करोड ३४ लाख ७ हजार ३ सय रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा १९ करोड ९८ लाख ९२ हजार २२५ रुपैयाँ, विभिन्न कोषहरुमा ३६ लाख ७४ हजार ८८८ रुपैयाँ, कुल बचत २ अर्ब ३४ करोड ७२ लाख ८४ हजार ९५४ र लगानी १ अर्ब ३७ करोड ९३ लाख ७ हजार ६३९ रुपैयाँ रहेको छ । संस्थासँग यस अवधिमा १ अर्ब ७ करोड ६ लाख ४ हजार ६६६ अर्थात् ४५.६१ प्रतिशत तरलता रहेको छ । सदस्यको प्रशस्त विश्वास आर्जन गर्दा संस्थामा तरलता अधिक रहेको छ । संस्थामा १० हजार २ सय ४५ जना सदस्य आवद्ध छन् भने १ हजार १ सय ४८ हजारले कर्जा लिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *