सिरक डसना उद्योगमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । अर्घाखाँचीको एक सिरक डसना उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । सन्धिखर्क नगरपालिका(१ मा रहेको विस्मिल्ला सिरक डसना उद्योगमा लागेको आगो नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी, स्थानियवासी तथा सन्धिखर्क नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

उद्योगमा कपडा फिट्ने मेसिन तातेर आगो लागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख अमर थापाले जानकारी दिए । आगलागीका कारण दुई मेसिनसहित केही सिरक डसना जलेको थापाले जानकारी दिए । यद्यपि, आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको थापाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *