नर्भिकले क्यान्सर उपचार सहितको भवन बनाउने

काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ । पूर्वघोषणा अनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अत्याधुनिक भवन निर्माणको काम आगामी वैैशाख १ गतेदेखि विधिवत रुपमा सुरु हुनेछ ।

अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौता समेत गरेको छ । सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह र निर्माण कम्पनीको तर्फबाट डाइरेक्टर अरविन्दकुमार झाले हस्ताक्षर गरेका छन्। नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट सहितको आधुनिक र सुविधा सम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिए । उनका अनुसार १ लाख ६५ हजार स्क्वायर फिटमा आधुनिक भवन तयार हुनेछ । निर्माण सुरु भएको एक वर्षभित्रमा भवन तयार गरिसक्ने निर्माण कम्पनीले लक्ष्य लिएको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *